October 3, 2021

दुर्घटना उपचार केन्द्र निर्माण प्रक्रिया थालियो

ठूलो सङ्ख्यामा हुने दुर्घटना उपचार केन्द्र अर्थात् ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

महामारी तथा प्राकृतिक विपत्को समयमा एकै पटक छ हजार जनालाई प्राथमिक उपचार गर्न मिल्ने गरी प्रस्तावित सो अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेटको सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा निर्माण प्रस्ताव गरिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले नेपाली सेनाको महìवाकाङ्क्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको सो अस्पतालको बजेट सुनिश्चितताका लागि सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । 

उनले भने, “यो अस्पताल निर्माणका लागि थप बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा छ करोड रुपियाँ निकासा भएर आएको छ । ” 

उनका अनुसार ७५० शय्या क्षमताको प्रस्तावित सो अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन निर्माण कार्य भइसकेको छ ।

सरकारको करिब १४ अर्ब रुपियाँ र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको करिब चार अर्ब रुपियाँको लागतमा सो अस्पताल निर्माण गर्न लागिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले छाउनीमा सैनिक अस्पताल निर्माणका लागि नेपाली सेनाले मन्त्रालयसँग बजेट माग गरे पनि अहिलेसम्म निकासा नभएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित