October 3, 2021

दुर्घटना उपचार केन्द्र निर्माण प्रक्रिया थालियो

ठूलो सङ्ख्यामा हुने दुर्घटना उपचार केन्द्र अर्थात् ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

महामारी तथा प्राकृतिक विपत्को समयमा एकै पटक छ हजार जनालाई प्राथमिक उपचार गर्न मिल्ने गरी प्रस्तावित सो अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेटको सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा निर्माण प्रस्ताव गरिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले नेपाली सेनाको महìवाकाङ्क्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको सो अस्पतालको बजेट सुनिश्चितताका लागि सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । 

उनले भने, “यो अस्पताल निर्माणका लागि थप बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ । सो अस्पतालका लागि चालू आर्थिक वर्षमा छ करोड रुपियाँ निकासा भएर आएको छ । ” 

उनका अनुसार ७५० शय्या क्षमताको प्रस्तावित सो अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन निर्माण कार्य भइसकेको छ ।

सरकारको करिब १४ अर्ब रुपियाँ र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको करिब चार अर्ब रुपियाँको लागतमा सो अस्पताल निर्माण गर्न लागिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले छाउनीमा सैनिक अस्पताल निर्माणका लागि नेपाली सेनाले मन्त्रालयसँग बजेट माग गरे पनि अहिलेसम्म निकासा नभएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०