सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुवामध्ये एक दर्जन बढी संख्याका सहसचिवको सरुवामा त्रुटि देखिएको हो । सामान्यतय कुनै पनि मन्त्रालयले गर्ने सरुवामा त्रुटि भएमा सो मन्त्रालयले सरुवा सच्याउन सक्दैन ।
त्यसका लागि मन्त्रिपरिषद्मा नै सच्याउने सम्बन्धी प्रस्ताव लैजानुपर्छ । ती सहसचिवको केही दिनअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले नै काज सरुवा गरेको थियो । त्यसरी मन्त्रालयले गरेको सरुवा सम्बन्धित मन्त्रालयले सच्याउन नसक्ने भएकाले त्यसको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ ।
अहिले मन्त्रालयमा मन्त्री नभएको र सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैं हेरेको हुनाले पनि सरुवा संशोधन गर्न केही समस्या पर्न सक्ने बताइएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित