
२०७८ भदौ भदौ १७,काठमाडाैं । कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने भएकाे छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गते देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने बाेर्डले जनाएकाे छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरेर परीक्षा सञ्चालन हुनेछ । बाेर्डले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
यसअघि गत जेठमा हुने भनिएकाे परीक्षा साउनका लागि तय थियाे । साउन ३१ गतेदेखि सुरु गर्ने भनिएकाे परीक्षा काेभिड संक्रमण जाेखिमका कारण स्थगित भएकाे थियाे । अरु परीक्षा चलिरहेका बेला कक्षा १२ काे परीक्षा मात्र स्थगित गरेकाे भन्दै सरकारकाे आलाेचना भएकाे थियाे ।
करिब ४ लाख विद्यार्थीकाे भविष्य अन्याेलमा परेकाे भन्दै सराेकारवालाहरुले काेभिड खाेप दिएर वा अन्य विकल्प प्रयाेग गरेर परीक्षा सुरु गर्न सरकारलाई आग्रह गरेका थिए ।१८ वर्ष पुगेका विद्यार्थीलाई काेभिड विरुद्धकाे खाेप लगाउने क्रम अहिले चलिरहेकाे छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन