काठमाडौं, भदाै ११: मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।
नारायणी र यसका सहायक नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।
मझौला नदीहरू सबैमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, तिनाउलगायतमा बहाव खतरा तह आसपास पुग्ने पूर्वानुमान छ ।
कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ ।
कोसी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व, सुर्खेत, सल्यान, दैलेख, कालीकोट, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन