न्यायिक सङ्ग्रहालय बन्यो

काठमाडौँ, भदौ २ गते । न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यले न्यायिक सङ्ग्रहालय स्थापना गरिएको छ । सर्वोच्च अदालत परिसरमा स्थापित सङ्ग्रहालयको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मङ्गलबार उद्घाटन गर्नुभयो । प्रारम्भिक रूपमा स्थापना भएको सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्कने दस्तावेज सङ्गृहीत गरिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वको समूहले उक्त सङ्ग्रहालय स्थापनाको नेतृत्व गरेको थियो । न्यायाधीश मल्लले ऐतिहासिक र पुराताìिवक दस्तावेज समेटेर सङ्ग्रहालय स्थापना गरिएको जनाकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यायिक इतिहास, न्याय प्रणालीका विषय र लिखित कानुनअघिका सामग्रीलाई सूचीकृत गरिएको छ । ३५० भन्दा बढी सामग्री छन् । यसलाई विस्तार गर्ने र म्युजियम बनाउने प्रयत्न भएको हो । यो न्यायिक इतिहासको खोजी पनि हो ।”
सङ्ग्रहालयमा शिलालेख, भोजपत्र तथा टाइपराइटर पनि सङ्ग्रहित छन् । नेपालीको कानुन विकास क्रमका सामग्री पनि सङ्ग्रहालयमा छन् । जसमा १९४५ मा जारी भएको पाँच भागको मुलुकी ऐनको पाँच भागसम्मको सङ्कलन, १९९१ सम्मको संशोधन समावेश भएको मुलुकी ऐन, मुलुकी ऐन प्रतिस्थापन गरेका नयाँ संहिताहरू पनि सङ्ग्रहालयमा राखिएका छन् । २०२० को मुलुकी ऐनलाई पनि सङ्ग्रहालयमा राखिएको छ ।

यस्तै, भोजपत्रको नमुना, ताडपत्रको नमुना, मसीमा चोभ्न प्रयोग गरिने बाँसको कलम हुँदै अदालतमा हाल प्रयोग हुने नेपाली कागजको नमुना पनि सङ्ग्रहालयमा समेटिएको छ । मुलुकी सवाल १९७४, कितापी सवाल १९६४ पनि समेटिएका छन् । उक्त समयमा नियम वा आदेशलाई सवाल भन्ने गरिन्थ्यो । सङ्ग्रहालयमा नेपालमा पहिलो पटक प्रकाशित भएको २००८ को नेपाल गजेट पनि राखिएको छ । २००८ साउन २३ मा पहिलो पटक प्रकाशित नेपाल गजेटलाई हाल राजपत्र भन्ने गरिन्छ । यस्तै, २००९ सालयता फुलकार्टले गरेका हस्तलिखित निर्णयहरू पनि सङ्ग्रहालयमा राखिएका छन् । विभिन्न इलाका अदालतबाट १९७० को दशकमा भएका फैसलाका लामा लिखित प्रति पनि सङ्ग्रहालयमा छन् ।
सङ्ग्रहालय उद्घाटन गर्र्दै प्रधानन्यायाधीश जबराले सङ्ग्रहालय न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग मिल्ने बताउनुभयो । जबराले न्यायपालिकाका ऐतिहासिक वस्तु सङ्कलन गरेर सङ्ग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्ग्रहालयमा करिब ३५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्री समेत गरी डिजिटल सङ्ग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा