अझै केही दिन वर्षा नरोकिने

काठमाडौँ, असार ७ गते । अझै केही दिन वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही क्षेत्रमा वर्षा कम हुने भए पनि पूर्ण रूपमा रोकिनसकेको जनाइएको छ ।
मौसमविद् समिरकुमार श्रेष्ठले भन्नुभयो, “अबका केही दिन रोकिँदै वर्षा हुनेछ । केही दिनपछि वर्षा गण्डकी क्षेत्रमा केन्द्रित हुनेछ । केही भेगमा भारी वर्षाको खतरा टरिसकेको छैन ।”
मनसुनी वायुको प्रभाव देशभर रहेको महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिमी क्षेत्र नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने भएको हो ।
सोमबार देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मङ्गलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
पछिल्लो समय महाकाली नदीमा बहाव सतर्कता तह आसपास रहेको र वर्षा नरोकिएकाले बहाव अझ बढ्न सक्ने बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले जानकारी दिनुभयो । हालको अवस्थामा महाकाली नदीका तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
मध्य नेपालका ठूला नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ तर थोरै वर्षाले पनि त्यो ह्वात्तै बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
तराईमा सानो क्षेत्रमा वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आएर डुबान हुने खतरा रहेको छ । यीबाहेक मध्यम स्तरका खोला र खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना उस्तै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तामाकोसी नदीको पानीको बहाव तत्काल बढ्ने सम्भावना नरहे पनि वर्षा भएको खण्डमा बहाव पनि बढ्न सक्ने आकलन गरिएको छ ।

बाढीपहिरोबाट १८ जनाको मृत्यु
मनसुन सक्रिय भएयता बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । यसै अवधिमा २४ जना बेपत्ता भएका छन् भने आठ जना घाइते रहेका छन् ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकमा बेपत्ता भएकामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँ अझै २१ जना हराइरहेका छन् । बाढीपहिरोका कारण २१९ वटा निजी घर पूर्ण रूपमा क्षतिग्रत बनेका छन् । १०४ घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि