मनसुन भित्रियो, आगामी साता अझै सक्रिय हुने

काठमाडौँ, जेठ २९: नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन (वर्षा याम) सुरु भएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो ।

नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ । 

न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को सातासम्ममा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । आगामी साता मनसुन अझ सक्रिय भएर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०