ओलीको प्रस्तावमा ‘इमानदारिता नदेखिएको’ आरोप

काठमाडौं, जेठ २५, नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं नेपाल समूह नेता डा. बेदुराम भुषालले अध्यक्ष ओलीबाट पार्टी एकताका लागि इमानदारितापूर्वक प्रस्ताव नआएको बताए । सो प्रस्तावमा छलफल गर्न बसेको स्थायी कमिटी बैठकले ‘सर्त स्वीकार गरेर पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेको’ जानकारी उनले दिए । ‘अध्यक्ष केपी ओलीको पार्टी एकताका लागि भनेर ६ बुँदे आएको प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा पुगेका छौं, सर्त मानेर एकता सम्भव छैन,’ डा. भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन ।

पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरेको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेका आधारमा पार्टी एकता हुन्छ ।’ ओली प्रस्तावमा पार्टीलाई ३ जेठपूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपा केन्द्रीय कमिटी सदस्यमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी संरचना गतिशील हुने उल्लेख छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि