चारवटा कक्षामा नयाँ पाठ्यक्रम

काठमाडौँ, जेठ २५ गते । चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक छपाइ कार्यसमेत पूरा गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी नीतिअनुसार यस पटक चारवटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । अब असार १ देखि नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्न पाउनेछन् । सरकारले यस वर्षको शैक्षिक सत्र असार १ बाट प्रारम्भ गर्ने निर्णय गरिसकेको छ ।
यसपछि २०७९ सालको शैक्षिक सत्रमा तीनवटा कक्षाको पाठ्यक्रम परिवर्तन गरिनेछ । सोअनुसार कक्षा ४, ७ र ९ कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारी तयारी छ । त्यसैगरी २०८० सालको शैक्षिक सत्रमा कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरिने जानकारी प्रवक्ता भट्टराईले दिनुभयो । २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भइसक्ने जनाइएको छ ।
चरणबद्ध रूपमा चार वर्ष लगाएर विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरिने भएको हो । यसअघि सरकारले गत वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । कक्षा १२ को पाठ्यपुस्तक छपाइको काम भने पूरा हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले नयाँ पुस्तक छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाइएको छ ।
सरकारले हालसम्म कक्षा ८ सम्म रङ्गीन पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइसकेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ९ सम्मका विद्यार्थीलाई रङ्गीन पाठ्यपुस्तक वितरण गर्ने सरकारको तयारी छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सार्वजनिक विद्यालयमा कक्षा ९ सम्म अध्ययन गर्ने बालबालिकालाई रङ्गीन पाठ्यपुस्तक छपाइ गरी शैक्षिक सत्र सुरु हुनुअगावै निःशुल्क वितरण गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक