नयाँ शैक्षिक सत्र असार १ बाटै

काठमाडौँ, जेठ २४ गते । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिनुभएको हो । सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोेले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् ।
मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देश गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ । यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु-याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ । सरकारले चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा घोषणा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन साउन १ गतेबाटै गर्न मन्त्री श्रेष्ठले निर्देशन गर्नुभएको छ । सरकारले प्रारम्भ गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउनसमेत उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न निकायका अधिकारीलाई निर्देश गर्नुभएको छ ।
यसैबीच जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक सहज ढुवानी र बिक्री वितरणका लागि आवश्यक वातावरण बने जेठ मसान्तभित्र विद्यार्थीको हातमा पुस्तक पु¥याइने जनाएको छ । अझै एक साता सहज रूपले पुस्तक बिक्री वितरण मिलाउन पाए विद्यार्थीको हातमा पुस्तक पु-याउने उहाँको भनाइ छ ।
यस वर्षका लागि आवश्यक पुस्तक छपाइ गरी प्रदेश कार्यालयमा पु¥याइएको र ती पुस्तक विद्यालयसम्म पु¥याउन मात्र यतिबेला समस्या भएको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ