हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

काठमाडौं ,जेठ २२, वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको  छ ।

कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक  दिनका  लागि  सबै  प्रकारका  श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको   जोखिमका बाबजुद पनि  सेवाग्राहीको  समस्यालाई  ध्यानमा राखेर   हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने  भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर  लिनुपर्ने  सेवाहरू  बन्द गरेको थियो ।

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति  लिने व्यवस्था  गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले  हप्ताको  एक दिन श्रम स्वीकृति  दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद