May 27, 2021

कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न चिनियाँ नेताकाे सुझाव

काठमाडौं, जेठ १३ः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो ।

नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए । जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।

सोङ थाओले महामारी नियन्त्रणका लागि चार उपाय सुझाएका छन् । पार्टी नेतृत्वमा जनजीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय, मनमन जोडेर शक्तिसाथ जुट्नुपर्ने र दृढ योजना अघि सार्न सके कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् । उनले चिनियाँ पार्टीका तर्फबाट नेपाललाई सहयोग उपलब्ध गराउने घोषणासमेत गरे ।

‘चीन सरकारले यसअघि पनि सहयोग उपलब्ध गराउँदै आएको छ, चिनियाँ कम्युनिस्ट पार्टी थप सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘अहिले हामी सयवटा अक्सिजन कन्सन्ट्रेटर्स र ६ लाख एन मास्क उपलब्ध गराउँछौं ।’ संकटका बेलामा नेपालका नेताले आपसी मतभेद गर्न नहुने र कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न पनि उनले सुझाव दिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी