May 27, 2021

कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न चिनियाँ नेताकाे सुझाव

काठमाडौं, जेठ १३ः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो ।

नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए । जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।

सोङ थाओले महामारी नियन्त्रणका लागि चार उपाय सुझाएका छन् । पार्टी नेतृत्वमा जनजीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय, मनमन जोडेर शक्तिसाथ जुट्नुपर्ने र दृढ योजना अघि सार्न सके कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् । उनले चिनियाँ पार्टीका तर्फबाट नेपाललाई सहयोग उपलब्ध गराउने घोषणासमेत गरे ।

‘चीन सरकारले यसअघि पनि सहयोग उपलब्ध गराउँदै आएको छ, चिनियाँ कम्युनिस्ट पार्टी थप सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘अहिले हामी सयवटा अक्सिजन कन्सन्ट्रेटर्स र ६ लाख एन मास्क उपलब्ध गराउँछौं ।’ संकटका बेलामा नेपालका नेताले आपसी मतभेद गर्न नहुने र कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न पनि उनले सुझाव दिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको