कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

काठमाडौं,बैशाख २६,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन। ‘अन्य छिमेकी मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ। 

तथापि कोरोना अहिले ‘अन्डर  कन्ट्रोल’मा छ,’ सिएनएनको प्रत्यक्ष प्रसारणका लागि अन्तर्वार्ता दिँदै ओलीले भनेका छन्। नेपालमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ। पछिल्ला दिनमा दैनिक नौ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। त्यस्तै दैनिक ५० भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन्।

यस्तो बेलामा कोरोनाविरुद्धको लडाइँ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री ओलीले छिमेकी मुलुक, मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघसंगठनसँग सहयोगको अपिल गरेका छन्। उनले महामारीविरुद्ध आवश्यक भ्याक्सिनलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन्।

अन्तर्वार्ताका क्रममा उनले नेपालमा कोरोनाबाट हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताए। उनले यो संख्या कुल संक्रमितको एक प्रतिशतभन्दा कम भए पनि नेपालको सन्दर्भमा धेरै भएको बताए। महामारी नियन्त्रणका लागि सरकार लागिपरेको जानकारी दिँदै उनले अक्सिजन र आइसियुलगायतको प्रबन्ध मिलाइरहेको बताए। गत वर्ष नेपाल महामारी नियन्त्रण गर्न सफल भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको लापरबाहीका कारण पुनः महामारी फैलिएको बताए। जनतालाई महामारीबाट सुरक्षित राख्न प्रयासहरू जारी राखेको पनि उनले बताए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद