अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल आफ्नैबाट अप्ठ्यारोमा

काठमाडाैं, बैशाख २३ः नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्।

त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकपटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन्। कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा. खिमलाल देवकोटालाई अघि सारेका छन्।

उनीहरूले यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत गरेपछि ओली दबाबमा परेका छन्। देशभरका नेता–कार्यकर्ताले ओलीलाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। उनीहरूले एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश ओलीलाई दिएका छन्। ‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ।

यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं। साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एक ढिक्का बनाउनुको  विकल्प छैन भनेर हामीले भनेका छौं’, ओली निकटका एक नेताले भने। ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईले पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाई छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद