साँझ परेपछि बालुवाटारमा पुगेको सूचना

काठमाडौं,बैशाख १५,रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए ।

राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्ता गर्ने भयो । त्यसमा माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गर्ने र सदनमा पेश हुँदा माधव नेपालपक्षले फ्लोर क्रसमार्फत सघाउने बचन दिएको छ ।’ अर्को डर थियो, माधव नेपालपक्षले आफूहरुलाई कारवाही गर्ने केपी ओलीको निर्णय कार्यान्वयन नहोस् भन्नका लागि सर्वोच्चमा दायर रिटमाथि आइतबार नै आदेश हुने र त्यो आदेशले सबै निर्णय प्रभावित हुने । त्यसकारण यी दुई काम हुनुअगावै ‘केही गर्नुपर्ने’ हुटहुटी जाग्यो । र, राति ११ बजे महाधिवेशन आयोजक कमिटी सदस्यहरुको मोबाइलमा एसएमएस बज्न थाल्यो, भोलिपल्ट बिहान १० बजे बालुवाटारमा बैठकबारे ।

कम्युनिष्ट पार्टीको बैठक त महासचिवले बोलाउने हो, तर केन्द्रीय सदस्यहरुले पाएकै म्यासेज हेरेर महासचिव ईश्वर पोखरेल पनि एकछिन चकित खानुभयो । भोलिपल्ट नेताहरु समयमै बालुवाटार पुगे । तर, साढे दुई घण्टा पर्खिनेमा परे । पछि प्रधानमन्त्री पुगे, १० मिनेटमा आफ्नो कुरा राखेर ‘बैठक’ सिध्याए । ‘केन्द्रीय कमिटी बैठक’ भनेका कारण सबैजसो नेताहरु ३ नं. गेट नजिकैको हलमा भेला भएका थिए । तर, डा.पुष्प कँडेलसहित नवनियुक्त स्थायी कमिटीका सदस्यहरुलाई बोलावट आयो र उनीहरु भित्रिए । अर्थात्, आयोजक कमिटीअघि स्थायी कमिटी बैठक बस्यो । भित्र के–के कुरा भयो, अरुलाई थाहा भएन ।

प्रधानमन्त्रीले हलभित्र छिरेर केही कुरा राखेपछि सबै केन्द्रीय सदस्यलाई एउटा व्यहोरा नखुलाइएको कागजमा सही गर्न लगाइयो । सबै लाइन लागेर सही गर्न थाले । अचम्म के भने स्पष्टिकरण चित्त नबुझे कारवाहीको अधिकार ६ गतेकै बैठकले स्थायी कमिटीलाई दिइसकेको थियो । त्यसो हुँदाहुँदै यही प्रयोजनका निम्ति फेरि आयोजक कमिटीको भेला गराइयो । यदि स्पष्टिकरण सोधिएका सांसदलाई कारवाही गर्नु परेमा त्यही हस्ताक्षरका आधारमा हुने गरी उनीहरुलाई सही  गराइएको गाइँगुइँ चल्दै थियो । तर, एमालेको जटिलता कस्तो छ भने, केन्द्रीय कमिटीकै निर्णयअनुसार स्पष्टिकरण सोधिएका सांसदहरुको पद रिक्त गराउन खोजियो भने पनि मिल्दैन । किनभने, सांसद पद रिक्त हुने तीन प्रकारका व्यवस्थामध्ये कुनै पनि अवस्था अहिले छैन । न उनीहरुले दल परित्याग गरेका छन्, न राजनीतिक दल विभाजित गराएका छन्, न त पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस नै गरेका छन् । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषालसहितका सांसदलाई संसद सदस्य नरहने  गरी कारवाही नै गर्नुपर्ने भयो भने पनि उहाँहरुले पार्टी ह्वीपको उल्लंघन गर्दैै फ्लोर क्रस गरेपछि मात्रै हो । त्यसअघि कारवाहीका अंगहरु पुग्दैनन् । 

आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद