राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्ता गर्ने भयो । त्यसमा माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गर्ने र सदनमा पेश हुँदा माधव नेपालपक्षले फ्लोर क्रसमार्फत सघाउने बचन दिएको छ ।’ अर्को डर थियो, माधव नेपालपक्षले आफूहरुलाई कारवाही गर्ने केपी ओलीको निर्णय कार्यान्वयन नहोस् भन्नका लागि सर्वोच्चमा दायर रिटमाथि आइतबार नै आदेश हुने र त्यो आदेशले सबै निर्णय प्रभावित हुने । त्यसकारण यी दुई काम हुनुअगावै ‘केही गर्नुपर्ने’ हुटहुटी जाग्यो । र, राति ११ बजे महाधिवेशन आयोजक कमिटी सदस्यहरुको मोबाइलमा एसएमएस बज्न थाल्यो, भोलिपल्ट बिहान १० बजे बालुवाटारमा बैठकबारे ।
कम्युनिष्ट पार्टीको बैठक त महासचिवले बोलाउने हो, तर केन्द्रीय सदस्यहरुले पाएकै म्यासेज हेरेर महासचिव ईश्वर पोखरेल पनि एकछिन चकित खानुभयो । भोलिपल्ट नेताहरु समयमै बालुवाटार पुगे । तर, साढे दुई घण्टा पर्खिनेमा परे । पछि प्रधानमन्त्री पुगे, १० मिनेटमा आफ्नो कुरा राखेर ‘बैठक’ सिध्याए । ‘केन्द्रीय कमिटी बैठक’ भनेका कारण सबैजसो नेताहरु ३ नं. गेट नजिकैको हलमा भेला भएका थिए । तर, डा.पुष्प कँडेलसहित नवनियुक्त स्थायी कमिटीका सदस्यहरुलाई बोलावट आयो र उनीहरु भित्रिए । अर्थात्, आयोजक कमिटीअघि स्थायी कमिटी बैठक बस्यो । भित्र के–के कुरा भयो, अरुलाई थाहा भएन ।
प्रधानमन्त्रीले हलभित्र छिरेर केही कुरा राखेपछि सबै केन्द्रीय सदस्यलाई एउटा व्यहोरा नखुलाइएको कागजमा सही गर्न लगाइयो । सबै लाइन लागेर सही गर्न थाले । अचम्म के भने स्पष्टिकरण चित्त नबुझे कारवाहीको अधिकार ६ गतेकै बैठकले स्थायी कमिटीलाई दिइसकेको थियो । त्यसो हुँदाहुँदै यही प्रयोजनका निम्ति फेरि आयोजक कमिटीको भेला गराइयो । यदि स्पष्टिकरण सोधिएका सांसदलाई कारवाही गर्नु परेमा त्यही हस्ताक्षरका आधारमा हुने गरी उनीहरुलाई सही गराइएको गाइँगुइँ चल्दै थियो । तर, एमालेको जटिलता कस्तो छ भने, केन्द्रीय कमिटीकै निर्णयअनुसार स्पष्टिकरण सोधिएका सांसदहरुको पद रिक्त गराउन खोजियो भने पनि मिल्दैन । किनभने, सांसद पद रिक्त हुने तीन प्रकारका व्यवस्थामध्ये कुनै पनि अवस्था अहिले छैन । न उनीहरुले दल परित्याग गरेका छन्, न राजनीतिक दल विभाजित गराएका छन्, न त पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस नै गरेका छन् । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषालसहितका सांसदलाई संसद सदस्य नरहने गरी कारवाही नै गर्नुपर्ने भयो भने पनि उहाँहरुले पार्टी ह्वीपको उल्लंघन गर्दैै फ्लोर क्रस गरेपछि मात्रै हो । त्यसअघि कारवाहीका अंगहरु पुग्दैनन् ।
आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र