April 20, 2021

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

काठमाडौं, वैशाख ७ः मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ ।

यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ । ” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । महाँकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु र बाँसबारीको पोखरीबाट वितरण भइरहेको छ । यी पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण भएको छ ।

मेलम्चीको पानी सुन्दरीजलमा दैनिक १७ करोड लिटर आइरहेको छ । पाइपलाइनमा एकैचोटि पानी वितरण नगरी परीक्षणका लागि बिस्तारै पठाइएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले पुरानो पाइपलाइन भएकाले बिस्तारै पठाइएको जानकारी दिए । मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी वितरण सञ्जालमा पठाइन्छ ।

मेलम्चीको पानी तत्कालका लागि पुरानो पाइपलाइनबाट वितरण भएको छ । नयाँ पाइपलाइनको परीक्षण भइरहेको छ । गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र