पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र जेष्ठ नागरिकले आजदेखि खोपको दोस्रो मात्रा लिनेछन् ।
भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप नेपाल ल्याएपछि सरकारले गएको माघ र फागुन महिनामा पटक पटक गरी तीन चरणमा खोप अभियान सन्चालन गरेको थियो । त्यसअनुसार तीनै चरणमा खोप लगाएकाहरुले एकैपल्ट दोस्रो मात्रा दिइनेछ ।
सुरुमा काठमाडौंको निजामती कर्मचारी अस्पतालबाट मात्रै पहिलो चरणको खोप दिइएकोमा अहिले उपत्यकाका १९ स्थानबाट खोप लिन मिल्ने व्यवस्था गरिएको छ ।
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क
२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
३. शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी
४. परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली
५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
६. निजामती कर्मचारी अस्पताल, मिनभवन
७. ओम अस्पताल, चावहिल
८. नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु
९. नेपाल आयुर्बेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर
१०. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
११. वीरेन्द्र अस्पताल, छाउनी
१२. नेपाल प्रहरी अस्पताल, पानीपोखरी
१३. नेपाल मेडिकल कलेज, अत्तरखेल
१४. काठमाडौं मेडिकल कलेज, सिनामंगल
१५. जनमैत्री अस्पताल, बालाजु
१६. मदरल्याण्ड अस्पताल, जडिबुटी
१७. हिमाल अस्पताल, ज्ञानेश्वर
१८. स्तुपा अस्पताल, बौद्ध
१९. ह्याम्प अस्पताल, धुम्बाराही
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद