प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

माेरङ, बैशाख ६ः प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

आइतबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यसूची थियो । तर, विपक्षी दलका सांसदहरूको विरोधका कारण बैठक अघि बढ्न नसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले पठाएको हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र वाचन गरेका थिए । पत्रमा प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, सत्तारूढ नेकपा माओवादी केन्द्रलगायतका दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

बजेट कार्यान्वयनको माग राख्दै प्रदेश–१ को प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण निरन्तर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । चैत २६ गते यताका प्रदेशसभाका सबै बैठक प्रतिपक्ष दलहरुले अवरोध गर्दै आएका थिए । उनीहरुले सरकारले चालू आर्थिक वर्ष २०७७-७८ को पारित बजेटमा उल्लेख भएका प्रमुख कार्यक्रम कार्यान्वयनका लागि स्रोत सुनिश्चितता गर्न माग गर्दै आएका थिए ।

यसैबीच बजेट कार्यान्वयनका सम्बन्धमा विपक्षीहरुले प्रदेशसभा उठाउँदै आएका मुद्दाहरु सम्बोधन नगरी र विपक्षीसँग समझदारी नगरी हठात् बन्द गरेको विरोधमा बैठकमै सांसदहरुले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीको भाषणभन्दा बजेट कार्यान्वयनको ठोस सुनिश्चितता खोजेको बताएका थिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०