प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

माेरङ, बैशाख ६ः प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेश १ को प्रदेशसभा बैठकको हिउँदे अधिवेशन अन्त्य हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

आइतबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यसूची थियो । तर, विपक्षी दलका सांसदहरूको विरोधका कारण बैठक अघि बढ्न नसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले पठाएको हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र वाचन गरेका थिए । पत्रमा प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । सभामुखले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, सत्तारूढ नेकपा माओवादी केन्द्रलगायतका दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

बजेट कार्यान्वयनको माग राख्दै प्रदेश–१ को प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण निरन्तर प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । चैत २६ गते यताका प्रदेशसभाका सबै बैठक प्रतिपक्ष दलहरुले अवरोध गर्दै आएका थिए । उनीहरुले सरकारले चालू आर्थिक वर्ष २०७७-७८ को पारित बजेटमा उल्लेख भएका प्रमुख कार्यक्रम कार्यान्वयनका लागि स्रोत सुनिश्चितता गर्न माग गर्दै आएका थिए ।

यसैबीच बजेट कार्यान्वयनका सम्बन्धमा विपक्षीहरुले प्रदेशसभा उठाउँदै आएका मुद्दाहरु सम्बोधन नगरी र विपक्षीसँग समझदारी नगरी हठात् बन्द गरेको विरोधमा बैठकमै सांसदहरुले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीको भाषणभन्दा बजेट कार्यान्वयनको ठोस सुनिश्चितता खोजेको बताएका थिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित