ठूलो संख्यामा सहसचिवको सरुवा, को कहाँ ?

चैत २५, काठमाडौं: सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले योग्यता, दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन राइट प्लेस’को नीतिका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार सरुवा तथा पदस्थापन भएकाहरूमा हालै सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरीप्रसाद अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । यसैगरी अतिरिक्त समूहमा रहेका थानप्रसाद पंज्ञेनी, अच्युतप्रसाद सिवाकोटी, उमाकान्त आचार्य, ईश्वरीप्रसाद अर्याल, बाबुराम सुवेदी, विश्वप्रसाद अर्याल र महेश भट्टराईलाई अर्थ मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

यसैगरी गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृहकै रमेशकुमार केसीको आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा सरुवा भएको छ । अर्थ मन्त्रालयका झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका गोपाल प्रसाद रेग्मीलाई कलैया उपमहानगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा, आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश पोखराकी चन्द्रकला पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, बुटवलका नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका विष्णुप्रसाद शर्मालाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै मधेसी आयोगका धमेन्द्र मिश्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका टेकराज निरौला, वन तथा वातावरण मन्त्रालयका नवराज ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भरतमणि पाण्डेको गृह मन्त्रालयमा सरुवा गरिएको छ । हालै मात्रै सहसचिवमा बढुवा भई सामान्यको अतिरिक्त समूहमा रहेका होमप्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, शिवराम गेलाल, राजेन्द्रदेव पाण्डे, सुनिल खनाल, कमलराज ढकाल, नवराज सापकोटा, रामप्रकाश पाण्डे, सुशील वैद्य, कृष्णप्रसाद पन्थ र जनार्दन गौतमको पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव अनिता निरौलालाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पुष्पराज शाहीको धनगढी उपमहानगपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा, आर्थिक मामिला तथा योजना मन्त्रालयका, कर्णाली प्रदेशका हिरालाल रेग्मीलाई नेपालगन्ज उपमहानगरपालिकामा सरुवा गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माणअन्तर्गतका गोपालप्रसाद अर्यालको प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशमा, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका जयकुमार घिमिरेको प्रदेश नीति तथा योजना आयोग, प्रदेश १ मा, गृह मन्त्रालय वा अन्तर्गतका केशवप्रसाद बिमलीको प्रदेश नीति तथा योजना आयोग, प्रदेश २ मा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यसैगरी, अर्थ मन्त्रालयका बद्रीराज अर्याललाई वन तथा वातावरण मन्त्रालयमा अतिरिक्त समूहमा रहेका गोविन्दप्रसाद सुवेदीलाई प्रदेश नीति तथा योजना आयोग, लुम्बिनीमा, नेपालगन्ज उपमहानगरपालिकाका ओमबहादुर खड्कालाई प्रदेश प्रमुखको कार्यालय, सुदूरपश्चिममा, गृह मन्त्रालयका शंकरहरि आचार्यलाई प्रदेश लोकसेवा आयोग, लुम्बिनीमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका टेकबहादुर केसी र नरेशराज खरेललाई क्रमशः प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश र प्रदेश लोकसेवा आयोग प्रदेश २ मा सरुवा गरिएको छ ।

यसैगरी, सामान्यको अतिरिक्त समूहमा रहेका शिवहरि कोइरालालाई प्रदेश लोकसेवा आयोगमा, सुदूरपश्चिममा, राजेन्द्र पराजुली र मदन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, शिवप्रसाद रेग्मीलाई बुटवल उपमहानगरपालिकामा र भोजराज खतिवडालाई भरतपुर महानगरपालिकामा सरुवा गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशका लोकनाथ पौडेललाई मधेसी आयोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका कृष्णप्रसाद पराजुलीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कुमारप्रसाद दाहाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा, सामान्यको अतिरिक्त समूहमा रहेका भरतकुमार शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा, अर्थ मन्त्रालय वा अन्तर्गतका विष्णुप्रसाद ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश २ वा अन्तर्गतमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका यज्ञराज कोइरालालाई प्रदेश लोकसेवा आयोगमा, प्रदेश १ वा अन्तर्गत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रदीप कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाग्मती प्रदेशमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका किरण थापालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा र राष्ट्रिय महिला आयोगका शान्ता भट्टराईलाई राष्ट्रिय प्रहरी किताबखानामा सरुवा गरिएको छ ।

यसैगरी, रामप्रसाद बिडारीलाई राष्ट्रिय दलित आयोगमा, भगवान् अर्याललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा, मनोजकुमार आचार्यलाई राष्ट्रिय महिला आयोगमा भागिरथ पाण्डेलाई राष्ट्रिय सूचना आयोगमा, गणेश अर्याललाई ललितपुर महानगरपालिकामा, रमेश मैनाली र रुद्रप्रसाद लामिछानेलाई लोकसेवा आयोग वा अन्तर्गत सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०