नियमविपरीत गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई छुट्टै पोसाक

 

काठमाडौं,चैत १८, बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घटना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो ।

अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरुले बताए पूर्वडिआइज हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए । उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसकिने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्ने गरी पोसाक वितरण गर्दा अनुसन्धानमा बाधा पुग्छ ।’

उनले ज्याकेट र टोपी वितरण गर्नुभन्दा प्रहरीकै युनिफर्म लगाउनु बेस हुने बताए । उनका अनुसार अनुसन्धान कार्यमा खटिने प्रहरीलाई कसैले प्रहरी भनेर छुट्याउन सक्ने किसिमको हुनुहुँदैन ।

आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित