भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गा पुनः सरकारकै नाममा

काठमाडौं, चैत ६ः काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई विभिन्न प्रपञ्च रची भूमाफियाले आफ्नो नाममा बनाएको भए पनि मालपोत कार्यालय डिल्लीबजारले भूमाफियाको धन्दामा ब्रेक लगाइदिएको छ ।

मालपोत कार्यालय डिल्ली बजारले यसअघि मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको मिलेमतोमा गुठी र व्यक्तिको नाममा गरिएको काठमाडाैंको भत्केको पुलमा रहेको आठ रोपनी तीन आना जग्गा पुनः सरकारको नाममा ल्याउने निर्णय गरेको हो । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुना श्रेष्ठले सर्वोच्च अदालतको आदेशबमोजिम विभिन्न व्यक्तिले हडपेको भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याइएको जानकारी दिए । मालपोत कार्यालयले २ चैतमा सो जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

यसअघि विभिन्न भूमाफियाले तत्कालीन समयमा मन्त्रिपरिषद् कार्यालय, मन्त्री, सचिव तथा सरकारी कर्मचारीसँग मिलेमतो गरी सो जग्गा गोकर्णेश्वर पञ्चामृत गुठीका नाममा ल्याएर आफ्नो नाममा मोही कायम गराउँदै जग्गा दर्ता गराउन सफल भएका थिए ।

तत्कालीन सरकारका प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६७ साल १४ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भत्केको पुल क्षेत्रमा रहेको कित्ता नम्बर ५०५ को सो जग्गालाई गोकर्णेश्वर पञ्चामृत गुठीका नाममा मोही कायम हुनेगरी दर्ता गरिदिन निर्णय गरेको थियो । सो निर्णयसँगै भूमाफियालाई जग्गा हडप्ने बाटो खुलेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।