नेकपा एमालेमा आफू अनुकूलका निर्णयले विवाद चुलिँदै

काठमाडौं, फागुन २९ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ ।

बैठकले पार्टीको १०औं महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडाैंमा गर्ने निर्णय गरेको छ । बैठकले १०औं महाधिवेशन आयोजक कमिटीसमेत बनाएको छ । महाधिवेशनका लागि बैठकले पार्टीको विधान पनि संशोधन गरेको छ । बैठकले ७ चैतमा अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्रको गुटगत भेला तथा आफू अनुकूलका निर्णयले पार्टीभित्रको विवाद चुलिँदै गएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य मनोनित गरेको छ । तर, त्यसलाई माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अस्वीकार गर्ने बताएपछि विवाद बढ्ने देखिएको हो । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहलाई जानकारी नै नदिई जिम्मेवारी हेरफेर, मनोनित गरिएपछि विवाद बढेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका