नेकपा एमालेमा आफू अनुकूलका निर्णयले विवाद चुलिँदै

काठमाडौं, फागुन २९ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ ।

बैठकले पार्टीको १०औं महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडाैंमा गर्ने निर्णय गरेको छ । बैठकले १०औं महाधिवेशन आयोजक कमिटीसमेत बनाएको छ । महाधिवेशनका लागि बैठकले पार्टीको विधान पनि संशोधन गरेको छ । बैठकले ७ चैतमा अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्रको गुटगत भेला तथा आफू अनुकूलका निर्णयले पार्टीभित्रको विवाद चुलिँदै गएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य मनोनित गरेको छ । तर, त्यसलाई माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अस्वीकार गर्ने बताएपछि विवाद बढ्ने देखिएको हो । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहलाई जानकारी नै नदिई जिम्मेवारी हेरफेर, मनोनित गरिएपछि विवाद बढेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८