मलाई हटाएर देखाउनुस् : प्रधानमन्त्री ओली

झापा फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन्। संसद् मुद्दा जितेर ल्याउनुभएको हो भने केपी ओलीलाई पनि हटाएर जितेर देखाउनुहोस्’, प्रधानमन्त्री ओलीले आइतबार झापामा भने, ‘केपी ओलीलाई हटाएर देखाउनुहोस्, फेरि ३ करोड जनताको मन र मत जितेर जनताको सेवा गर्न फर्किनेछु। मेरो टाउकामा जनताको हात आशीर्वादको रूपमा भइन्जेल म हार्दिनँ।’

प्रधानमन्त्री ओलीले आफूले कमै मात्र मुद्दा जितेको तर जनताको साथ भएपछि मुद्दा हारेर फरक नपर्ने बताए। ‘गल्ती गर्दिनँ तर मुद्दा हार्छु। आफू सही छु तर पनि मुद्दा हार्छु’, ओलीले भने, ‘त्यसैले अहिले सर्वोच्च अदालतमा हारेको मुद्दा पनि मेरा लागि अनौठो होइन।’

ओलीले दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएकामा व्यंग्य गरे। ‘दुई भाइ चितवनबाट प्लेन चढेर लड्डु खाएर सुतेका बूढानीलकण्ठलाई पूजा गर्न गए भनेको त उठिरहेका बूढानीलकण्ठको पूजा गर्न गएका रहेछन्’, उनले भने।

उनले बलिदानपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई मर्न नदिने अठोट सुनाए। ‘हामी अहिले पनि सही बाटोमा छौं। झुसे बारुलाले फुर्ती नलगाए हुन्छ’, उनले भने, ‘संघर्ष हाम्रो जीवन हो भन्ने हामीलाई राम्रो थाहा छ।’ जनताले ल्याएको परिवर्तनको रक्षा जनताले नै गर्ने उनको भनाइ थियो। ‘नेपाली जनताले ल्याएको यो परिवर्तन, नेपाली जनताले नै यसको रक्षा गर्छन्’, उनले भने।

उनले आइतबार चीन–नेपालमैत्री औद्योगिक पार्क शिलान्यास गरे। यस्तै, आइतबारै कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल, इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गरे। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुलको शिलान्यास  प्रधानमन्त्रीले गरेको आजको अन्नपुर्ण पोस्टमा राधा खनालले लेखेकी छिन ।

प्रधानमन्त्रीले मदन भण्डारी राजमार्गमा जोडिने ३१ वटा पुलको शिलान्यास एकसाथ गरे। उनले पुल शिलान्यास गर्दै, ‘अब जनताले पुल र बाटो भएन भन्ने गुनासो गर्नुपर्ने छैन। सरकार खोजी–खोजी निर्माण गर्ने अभियानमा छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८