मलाई हटाएर देखाउनुस् : प्रधानमन्त्री ओली

झापा फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन्। संसद् मुद्दा जितेर ल्याउनुभएको हो भने केपी ओलीलाई पनि हटाएर जितेर देखाउनुहोस्’, प्रधानमन्त्री ओलीले आइतबार झापामा भने, ‘केपी ओलीलाई हटाएर देखाउनुहोस्, फेरि ३ करोड जनताको मन र मत जितेर जनताको सेवा गर्न फर्किनेछु। मेरो टाउकामा जनताको हात आशीर्वादको रूपमा भइन्जेल म हार्दिनँ।’

प्रधानमन्त्री ओलीले आफूले कमै मात्र मुद्दा जितेको तर जनताको साथ भएपछि मुद्दा हारेर फरक नपर्ने बताए। ‘गल्ती गर्दिनँ तर मुद्दा हार्छु। आफू सही छु तर पनि मुद्दा हार्छु’, ओलीले भने, ‘त्यसैले अहिले सर्वोच्च अदालतमा हारेको मुद्दा पनि मेरा लागि अनौठो होइन।’

ओलीले दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएकामा व्यंग्य गरे। ‘दुई भाइ चितवनबाट प्लेन चढेर लड्डु खाएर सुतेका बूढानीलकण्ठलाई पूजा गर्न गए भनेको त उठिरहेका बूढानीलकण्ठको पूजा गर्न गएका रहेछन्’, उनले भने।

उनले बलिदानपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई मर्न नदिने अठोट सुनाए। ‘हामी अहिले पनि सही बाटोमा छौं। झुसे बारुलाले फुर्ती नलगाए हुन्छ’, उनले भने, ‘संघर्ष हाम्रो जीवन हो भन्ने हामीलाई राम्रो थाहा छ।’ जनताले ल्याएको परिवर्तनको रक्षा जनताले नै गर्ने उनको भनाइ थियो। ‘नेपाली जनताले ल्याएको यो परिवर्तन, नेपाली जनताले नै यसको रक्षा गर्छन्’, उनले भने।

उनले आइतबार चीन–नेपालमैत्री औद्योगिक पार्क शिलान्यास गरे। यस्तै, आइतबारै कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल, इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गरे। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुलको शिलान्यास  प्रधानमन्त्रीले गरेको आजको अन्नपुर्ण पोस्टमा राधा खनालले लेखेकी छिन ।

प्रधानमन्त्रीले मदन भण्डारी राजमार्गमा जोडिने ३१ वटा पुलको शिलान्यास एकसाथ गरे। उनले पुल शिलान्यास गर्दै, ‘अब जनताले पुल र बाटो भएन भन्ने गुनासो गर्नुपर्ने छैन। सरकार खोजी–खोजी निर्माण गर्ने अभियानमा छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका