भारतमा बलात्कारपछि १२ वर्षीया नेपाली बालिकाको हत्या, घटनाको प्रमाण नष्ट

काठमाडौं, फागुन १: बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो। घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ। 

घटनाको प्रमाण नष्ट
बालिको मृत्यु रहस्यमय देखिन्छ। चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ। ’बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवाबबाट पनि घटना घटाइएको प्रष्टिन्छ’ मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन्। बहिनिको मृत्युपछि आमाबुबालाई पनि डरत्रास र धम्की दिइएको छ।

मृतक बालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउनेभन्दा पनि भारतका घरबेटीलगायत उनका आफन्तहरुले मानेनन्। बालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्णबहादुर सोनीले भने उल्टै घरबेटीले अर्कोदिन कोठा खाली गराए। खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो। सोनीले थपे ’स्थानियको दबाबले आफूहरु निरिह बन्नुपर्यो। प्रमाणहरु राख्न पाएनौ।’   आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित