भ्रमण भिसामा यूएई नजान आग्रह

काठमाडौं, फागुन १: संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ ।

पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि  नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो ।

दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यव‚था भए पनि भ्रमण भिसामा आउने क्रम रोकिएको छैनध्र भ्रमण भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि आउने भए श्रम स्वीकृति लिएर सरकारी प्रक्रियाबाट आउन र कसैको प्रलोभनमा परेर रोजगारीका लागि भ्रमण भिसामा नआउनु भनेको छ । 

स्वीकृति नदिई आउँदा समस्यामा परे वा मृत्यु नै भए पनि मानवीयताका नाताले सामान्य सहानुभूतिबाहेक अन्य नीतिगत रूपमा केही गर्न नसकिने स्पष्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०