भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्याः थाना प्रमुख निलम्बित, उच्चस्तरीय जाँच सुरु

माघ ३०: नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ ।

गत माघ ८ गते भएको घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका डेपुटी सुपरिटेन्डेन्ड अफ पुलिस शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घटनास्थलको विशेष जाँचबुझ गरेको छ ।

स्थानीय प्रहरी विवादमा मुसिएपछि भारतको बिहार प्रान्तको राजधानी पटनाबाट अपराध अनुसन्धान विभाग (सिआइडी) की प्रहरी उपरीक्षक विणा कुमारीको नेतृत्वको बेग्लै टोलीले गत मंगलबार स्थलगत जाँचबुझ गरेको थियो ।

प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसारअहिलेसम्मको अनसन्धानमा बलात्कारपछि हत्या गरिएर बालिकाको शवलाई घटना दबाउने उद्देश्यले स्थानीय थानाप्रमुख सञ्जीव रञ्जनकै संलग्नतामा जलाएर नष्ट गरिएको भन्ने आरोपलाई पुष्टि गर्ने साक्ष्य प्रमाण देखा परेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियो क्लिपमा लास जलाएर नष्ट गर्ने विषय उजागर भएको थियो । त्यसपछि मोतिहारी पुलिस अधीक्षकको कार्यालयका सुपरिटेन्डेन्ट अफ पुलिस नवीनचन्द्र झाले थानाध्यक्षलाई निलम्बन गर्दै जाँचको नियन्त्रण आफ्नो हातमा लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित