विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत

काठमाडौं, माघ २६: गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

बालिकाकी आमाले फोन गरेपछि आफूहरुलाई घटनाबारे थाहा भएको विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरीसमक्ष बताएकी छन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०