स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने

काठमाडौं,माघ २४,कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ। विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो।  

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए। सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको उनको भनाइ छ। यसअघि स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने त्रिवि नियममा उल्लेख छ। तर कोभिडकै कारण यस वर्ष शैक्षिक सत्र देखि तीन महिनापछि सार्नुपरेको उनको भनाइ छ। कोभिडका कारण विश्वविद्यालयका कक्षाहरू १० महिनादेखि बन्द रहे भने परीक्षाहरू अझै सम्पन्न भएको छैन। 

‘२०७६ चैत–वैशाखमा हुनुपर्ने परीक्षाहरू बल्ल सुरु भएका छन्। स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन भइरहेका छन्,’ शिक्षाध्यक्ष भुसालले नागरिकसँग भने, ‘अब त्रिविका संस्थान र संकायहरूले फागुनलाई नै आधार मानेर नयाँ भर्ना खुलाइरहेका छन्। स्नातकको कक्षा फागुन २५ गतेदेखि सुरु हुन्छ।’ स्नातकोत्तर तहको कक्षा वैशाखमा सुरु हुने भएकाले भर्नादेखि प्रवेश परीक्षाको काम चैतभित्रै सक्नुपर्ने उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद