एनआईसी एशिया बैंकले सेटिङमा घरजग्गा खाइदिएपछि पीडित विप्लव नेकपाको शरणमा !

काठमाडौँ, , १३,माघ । प्रतिबन्धित नेकपा माओवादीको नेवा स्वायत्त प्रदेशअन्तर्गतको जिल्ला जनपरिषद् काठमाडौंले एनआईसी बैंक र मञ्जुुश्री फाइनान्सले सेटिङमा ऋणीको जग्गा आफ्ना मान्छेलाई सस्तोमा लिलाम सकार्न लगाएर पीडितलाई उठिवास लगाएको उजुरीपछि उक्त जग्गा खरिदबिक्री र नामसारीको लागि प्रतिबन्ध लगाएको छ ।

सरकारले हाल यो पार्टीलाई प्रतिबन्ध लगााएको छ । प्रतिबन्धकै अवस्थामा भूमाफियासँग मिलेमतो गरेर सोझा स्थानीय व्यक्तिको जग्गा हडपेको उक्त पार्टीले लगाएको छ । पौने दुई रोपनी जग्गाका मालिकलाई काठमाडौं शान्तिनगरका राम बहादुर श्रेष्ठ र एनआईसी एसिया बैंकको मिलेमतोमा सुकुम्बासी बनाउन खोजेको घटनाविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संघर्षमा उत्रिएको हो ।

 

पार्टीले राजधानीभित्रै एनआईसी एसिया बैंक र मञ्जुश्री फाइनान्सले स्थानीय भूमाफिया रामबहादुर श्रेष्ठसँग मिलेमतो गरी एक रोपनी १४ आना जग्गाबाट स्थानीय सुरेश ढकाललाई बेदखल गरेको भन्दै पर्चा नै छरेर पीडकलाई जनकारबाही गर्ने तथा पीडितलाई न्याय दिने घोषणा गरेको छ ।

विद्रोही नेकपाको नेवाः स्वायत्त प्रदेशअन्तर्गतको जिल्ला जनपरिषद् काठमाडौंले पर्चा नै छरेर साबिक साङ्ला–६ क र हाल तारकेश्वर नपा– १ अन्तर्गतका साबिक कित्ता नं ७९८ र ७९६ बाट कित्ताकाट भई गएका हालको कित्ता नं १४१५, १४१७, १४१८, १४१९, १४४१ र १४४२ लगायतका कित्ता नम्बरका जग्गाहरुमा किनबेच, संरचना निर्माण तथा कित्ताकाट नगर्न चेतावनी दिएको छ ।

उक्त जग्गा स्थायीय सुरेश ढकालको भएको र शान्तिनगरका भूमाफिया राम बहादुर श्रेष्ठले संयुक्त प्लटिङ गर्ने प्रलोभन देखाएर कम्पनीमा नाममा नामसारी गराई एनआईसी एसिया बैंक र मञ्जुश्री फाइनान्समा राखी करोडौँ रुपैयाँ ऋण निकालेको र त्यसरी निकालिएको ऋण व्यक्तिगत रुपमा अपचलन गरी दुरुपयोग गरेको र बैंकले लिलाम गर्न लगाएको बहानामा आफन्तको नाममा सकारिएको उल्लेख छ ।

सो पार्टी सम्बद्ध स्रोतका अनुसार बैंकका कर्मचारीहरु समेतको मिलेमतोमा उक्त जग्गा पुनः राम बहादुर श्रेष्ठले सेटिङमा लिलाम सकारेर एकलौटी गर्न सफल भएका छन् । सोही कारण विद्रोही नेकपाले काठमाडौं शान्तिनगरका राम बहादुर श्रेष्ठलाई भूमाफियाको करार गरिएको तारकेश्वर क्षेत्रमा वितरण गरिएको पर्चामा उल्लेख छ ।

सो पार्टीले भूमाफिया राम बहादुर श्रेष्ठले जग्गाधनी सुरेश ढकाललाई संयुक्त रुपमा जग्गा व्यवसाय गर्न भनी निजको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गा संयुक्त कम्पनीमा नामसारी गराई बैंकबाट ऋण लिई लिलाम भएको भन्दै आफ्ना आफन्त र नातेदारको नाममा नामसारी गराई वास्तविक जग्गाधनीलाई जग्गाको मालिकबाट वञ्चित गर्न खोजेकोले न्यायोचित निरुपण नभएसम्मको लागि उक्त जग्गाहरु यथास्थितिमा राख्न चेतावनी दिइएको छ ।

सो सम्बन्धमा विप्लव नेतृत्वको नेकपा सम्बद्ध नेताहरुसँग सम्पर्क गर्दा जिल्ला जनपरिषद्मा परेको उजुरीको आधारमा पार्टीले कारबाही अघि बढाएको र न्याय दिने प्रक्रियामा जग्गा यथास्थितिमा राख्न निर्देशन दिइएको जनाए ।

coppied from Diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि