एनआईसी एशिया बैंकले सेटिङमा घरजग्गा खाइदिएपछि पीडित विप्लव नेकपाको शरणमा !

काठमाडौँ, , १३,माघ । प्रतिबन्धित नेकपा माओवादीको नेवा स्वायत्त प्रदेशअन्तर्गतको जिल्ला जनपरिषद् काठमाडौंले एनआईसी बैंक र मञ्जुुश्री फाइनान्सले सेटिङमा ऋणीको जग्गा आफ्ना मान्छेलाई सस्तोमा लिलाम सकार्न लगाएर पीडितलाई उठिवास लगाएको उजुरीपछि उक्त जग्गा खरिदबिक्री र नामसारीको लागि प्रतिबन्ध लगाएको छ ।

सरकारले हाल यो पार्टीलाई प्रतिबन्ध लगााएको छ । प्रतिबन्धकै अवस्थामा भूमाफियासँग मिलेमतो गरेर सोझा स्थानीय व्यक्तिको जग्गा हडपेको उक्त पार्टीले लगाएको छ । पौने दुई रोपनी जग्गाका मालिकलाई काठमाडौं शान्तिनगरका राम बहादुर श्रेष्ठ र एनआईसी एसिया बैंकको मिलेमतोमा सुकुम्बासी बनाउन खोजेको घटनाविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संघर्षमा उत्रिएको हो ।

 

पार्टीले राजधानीभित्रै एनआईसी एसिया बैंक र मञ्जुश्री फाइनान्सले स्थानीय भूमाफिया रामबहादुर श्रेष्ठसँग मिलेमतो गरी एक रोपनी १४ आना जग्गाबाट स्थानीय सुरेश ढकाललाई बेदखल गरेको भन्दै पर्चा नै छरेर पीडकलाई जनकारबाही गर्ने तथा पीडितलाई न्याय दिने घोषणा गरेको छ ।

विद्रोही नेकपाको नेवाः स्वायत्त प्रदेशअन्तर्गतको जिल्ला जनपरिषद् काठमाडौंले पर्चा नै छरेर साबिक साङ्ला–६ क र हाल तारकेश्वर नपा– १ अन्तर्गतका साबिक कित्ता नं ७९८ र ७९६ बाट कित्ताकाट भई गएका हालको कित्ता नं १४१५, १४१७, १४१८, १४१९, १४४१ र १४४२ लगायतका कित्ता नम्बरका जग्गाहरुमा किनबेच, संरचना निर्माण तथा कित्ताकाट नगर्न चेतावनी दिएको छ ।

उक्त जग्गा स्थायीय सुरेश ढकालको भएको र शान्तिनगरका भूमाफिया राम बहादुर श्रेष्ठले संयुक्त प्लटिङ गर्ने प्रलोभन देखाएर कम्पनीमा नाममा नामसारी गराई एनआईसी एसिया बैंक र मञ्जुश्री फाइनान्समा राखी करोडौँ रुपैयाँ ऋण निकालेको र त्यसरी निकालिएको ऋण व्यक्तिगत रुपमा अपचलन गरी दुरुपयोग गरेको र बैंकले लिलाम गर्न लगाएको बहानामा आफन्तको नाममा सकारिएको उल्लेख छ ।

सो पार्टी सम्बद्ध स्रोतका अनुसार बैंकका कर्मचारीहरु समेतको मिलेमतोमा उक्त जग्गा पुनः राम बहादुर श्रेष्ठले सेटिङमा लिलाम सकारेर एकलौटी गर्न सफल भएका छन् । सोही कारण विद्रोही नेकपाले काठमाडौं शान्तिनगरका राम बहादुर श्रेष्ठलाई भूमाफियाको करार गरिएको तारकेश्वर क्षेत्रमा वितरण गरिएको पर्चामा उल्लेख छ ।

सो पार्टीले भूमाफिया राम बहादुर श्रेष्ठले जग्गाधनी सुरेश ढकाललाई संयुक्त रुपमा जग्गा व्यवसाय गर्न भनी निजको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गा संयुक्त कम्पनीमा नामसारी गराई बैंकबाट ऋण लिई लिलाम भएको भन्दै आफ्ना आफन्त र नातेदारको नाममा नामसारी गराई वास्तविक जग्गाधनीलाई जग्गाको मालिकबाट वञ्चित गर्न खोजेकोले न्यायोचित निरुपण नभएसम्मको लागि उक्त जग्गाहरु यथास्थितिमा राख्न चेतावनी दिइएको छ ।

सो सम्बन्धमा विप्लव नेतृत्वको नेकपा सम्बद्ध नेताहरुसँग सम्पर्क गर्दा जिल्ला जनपरिषद्मा परेको उजुरीको आधारमा पार्टीले कारबाही अघि बढाएको र न्याय दिने प्रक्रियामा जग्गा यथास्थितिमा राख्न निर्देशन दिइएको जनाए ।

coppied from Diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका