मुलुककै लामो झोलुंगे पुल उद्घाटन

बागलुङ, माघ ४ः नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

पुल निर्माण अवधि आगामी फागुनसम्म भए पनि निर्माण कम्पनीले समयअगावै काम सम्पन्न गरेपछि उद्घाटन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले देशका अधिकतर ठूला आयोजना ठेकेदारका लाहपरबाहीका कारण अलपत्र परेको अवस्थामा यो पुल निर्माण अवधि अगावै सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

‘मध्यपहाडी लोकमार्ग कालीगण्डकी करिडोर सुरु भएको कैयौं वर्ष भयो, त्यो अझै अलपत्र छ,’ उनले भने, ‘निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेर यो पुल हस्तान्तरण भएको छ। यो खुसीको कुरा हो।’ प्रतिबद्धता गरेको समयभन्दा अगावै पुल निर्माण पूरा गरेको भन्दै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई नगद ५० हजार रूपैयाँले सम्मानसमेत गरे। ‘हुन त ठेकेदारलाई किन पैसा दिने गरिबलाई दिएको भए हुन्थ्यो भन्ने कुरा पनि होला, तर यो सबै ठेकेदारको हौसलाका लागि हो। सबै ठेकेदारले समयमै काम पूरा गरून् भन्नका लागि हो,’ उनले भने।

यो पुल विश्वकै लामो भएकाले त्यसैअनुसार प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले अझै पनि विश्वकै लामो भनेर दाबी गरिएको भनेर भन्छौं, दाबी गरिएको होइन यो विश्वकै लामो पुल नै हो,’ उनले भने, ‘अहिलेसम्म देखिएको स्विट्जरल्यान्डमा ४९४ मिटरको मात्रै छ। त्यसैले यसको प्रचार गर्नुपर्छ, विश्व रेकर्डमा राख्नका लागि प्रक्रिया पुर्याउन केही समय लाग्ला तर यो विश्वकै लामो झोलुंगे पुल हो।’ तिमिल्सिनाले बाँगेचौर–अदुवाबारीको पुलको अवस्था हेरेर यसै आर्थिक वर्षभित्र बागलुङ नगरपालिका–४ ओढारचौरबाट पर्वतको जलजला गाउँपालिकाको नाग्लीबाङ जोड्नेगरी झोलुंगे पुल निर्माण गर्ने बताए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’