सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण

काठमाडौं, पुस २८ः नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको छ ।४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको ‘नेपालकै उत्कृष्ट आधुनिक संरचना’को हाल बीसौंतलामा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धर बताउछन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहरा भूकम्प गएको तीन वर्षपछि २०७५ भदौ २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको संयुक्तरूपमा जिम्मा पाएका चिनियाँ कम्पनी जीआई ईटीसी र नेपाली कम्पनी रमन जेबीले २०७७ असोज २० मा काम सक्नेगरी सम्झौता गरेका थिए ।कोभिड १९ का कारण केही समय काम रोकिएपछि निर्माण अवधि थप भएको मानन्धरले बताए। उनले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने–‘यदि कोभिडले असर नपारेको भए आज हामी धरहराबाट काठमाडौं निल्याल्दै हुनेथियौं ।’ऐतिहासिक धरहरा पुनर्निर्माणमा केही विदेशी प्राविधिकबाहेक सबै नेपाली गरी दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म कामदारले काम गर्दैआएका छन् । ३ अर्बकोे लगानीमा बन्न लागेको उक्त धरहरा पुनर्निर्माणमा नेपाली उत्पादनका ९० प्रतिशत सामग्री प्रयोग भएको जनाइएको छ ।दुई लिफ्टसहित एउटा फलामे भर्याङ रहने धरहराको पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ भने प्रत्येक तलामा एक सानो झ्याल हुने र धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्नसक्ने ठाउँ हुनेछ ।धरहरामुनि दुई तलाको सपिङ सेन्टर बनाइँदैछ भने बाहिर बाँकी रहेको भागमा जमिनमुनि नै पार्किङ बनाइँदै छ ।

धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर निर्माण गर्न लागिएको भए पनि ती सपिङ सेन्टरमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने मानन्धरले जानकारी दिनुभयो । धरहराको सपिङ सेन्टर हेरेपछि नेपालमा उत्पादन हुने कलात्मक वस्तुहरूको जानकारीका लागि पनि सपिङ सेन्टरको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । हरियाली बगैंचा, मनमोहक दृश्यसहित बन्न लागेको धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने तथा भित्र पसलमा राखिएका सामानहरूले नेपालको पहिचान झल्काउने परिकल्पना छ ।

जम्मा २७ मिटर जमिनभित्र गाडिएको धरहरामा जमिनमुनि हुने दुई तलाको सपिङ सेन्टरसहित उचाइ ८७ मिटर हुनेछ । १८ तलामा अवलोकन हल राखिनेछ । हलमा भूकम्पले नेपालमा पारेको असरलगायत नेपालको बारेमा जानकारीमूलक भिडियोहरू राखिनेछ भने बाहिरी अवलोकन २० तलाबाट गर्न सकिन्छ । माथिका दुई तला धरहराको चुचुरोमा प्रयोग हुनेछ । १८३२ मा भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो भने २०७२ सालको भूकम्पबाट पूरै क्षतिग्रस्त भएको थियो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ बस्ने, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा