ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकता वा गठबन्धन बनाउने छलफलमा

कार्यकारी अध्यक्ष बन्ने गौतमको योजना !

काठमाडौं,पुस २६, आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ?

नेकपाको दुवै पक्षका दोस्रो तहका नेताहरु सकेसम्म पार्टी एक बनाउनुपर्ने, चुनावमा जाने स्थिति आउँदा पनि गठबन्धन बनाएर जान सकिन्छ कि भन्ने छलफलमा छन् । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल कै इच्छा र सहमतिमा उनीहरुले छलफल अघि बढाएको ती नेताहरुको भनाइ छ । ‘यो एकदमै प्रारम्भिक चरण हो,’ एकताका लागि छलफल गरिरहेका एक नेताले भने, ‘संसद् विघटनको निर्णय सर्वोच्चबाट सदर हुने र वैशाखमै निर्वाचन हुने अवस्थामा यो सम्भावना छैन ।’

संसद् विघटन हुनेबित्तिकै नेपाल आएर चार दिन यहाँको माहौल बुझेर गएको चिनियाँ विशेष टोलीले पनि सकेसम्म एकता र नभए पनि वाम गठबन्धन गरेर अघि बढ्न नेताहरुलाई सुझाव दिएको थियो ।

ओली निटक स्रोतका अनुसार गौतम पार्टी एकताको अभियानमा रहेका भनिएका सदस्यहरुसहित ढिलोचाँडो ओली पक्षमै जान्छन् । ‘उहाँलाई कार्यकारी अध्यक्ष बनाऔँ भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ती स्थायी समिति सदस्यले भने, ‘धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न