केयूमा विवादित पदाधिकारी नियुक्त नगर्न डा. केसीको माग

२० पुस, काठमाडौं । डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)मा विवादित र भ्रष्ट पदाधिकारीलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

केसीले आइतबार विज्ञप्ति जारी गरी आफूसँग विगतमा भएको सम्झौता बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता र कार्यक्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्न पनि माग गरेका छन् ।

डा. केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागबण्डाको अन्त्य हुनुपर्ने मागसहित संघर्षमा छौं । पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौतासमेत भएको छ,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले हामीसित सम्झौता भएबमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

केयूमा उपकुलपति रामकण्ठ माकजुलाई लगातार तेस्रो कार्यकालका लागि नियुक्ति गर्ने तयारी भइरहेका बेला डा. केसीको पछिल्लो विज्ञप्ति सार्वजनिक भएको हो ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले नयाँ उपकुलपति चयन प्रतिस्पर्धायुक्त, सरकारका पूर्वघोषित नीति नियम र योग्यताका आधारमा तथा विश्वविद्यालयका सरोकारवालाहरुसँग समेत सल्लाह सुझाव लिएर होस् भनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास