भिजिट भिसामा खाडी जान लागेका ८४ नेपाली विमानस्थलबाट फिर्ता

काठमाडौं, मंसिर २३ः  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सेटिङमा नेपाली कामदारलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको भन्ने गुनासो आएको भन्दै गृह मन्त्रालयले छानबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता गरेको छ ।

फ्लाई दुबई र नेपाल एयरलाइन्सबाट भिजिट भिसामा त्यता जान लागेका ती नेपालीलाई फिर्ता गरेपछि नाराबाजीसमेत भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

मानवतस्करहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर खाडी मुलुक पठाउने गर्दा हजारौं नेपाली अलपत्र परेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेका थिए।

त्यही गुनासोका आधारमा गृह मन्त्रालयले विमानस्थलमा भएको गडबढीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो।

त्यसपछि नै विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपाली कामदारलाई एकैपटक फर्काइदिएको हो ।

विमानस्थलमा रहेका मानवतस्करले भिजिट भिसामा त्यता जान लागेका नेपालीलाई नै उचालेर नाराबाजी गर्न लगाएका थिए । नाराबाजी हुन थालेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो ।

यसअघि सेटिङ गर्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारीको मिलेमतोमा नेपालीहरु कामका लागि भिजिट भिसामार्फत खाडी मुलुक जाने गरेका थिए ।

अहिले विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण अवैधरुपमा बसेका विदेशी कामदारलाई धमाधम सम्बन्धित देश फर्काउन थालेपछि नेपाली दूतावासहरुले अवैधरुपमा खाडी मुलुक प्रवेश गर्ने नेपालीलाई रोक्न सरकारलाई आग्रह गरेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले भने कामको खोजीका लागि भिजिट भिसामा नेपालीको ठूलो संख्या दुबई र कतार जाँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई फिर्ता पठाएको दाबी गरेको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित