यस्तो छ नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध

काठमाडौं,मंसिर १४,नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।

त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाएका थिए । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।

बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महìवपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उनको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।

प्राचीन चीनका जिन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमणलाई नेपाल–चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । नेपाल र चीनका सरकार प्रमुखबीच ऐतिहासिक कालखण्डमा ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ ।

दुई देशले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्धलाई औपचारिकता दिएपछि द्विपक्षीय कूटनीतिक मर्यादामा रही सम्बन्ध अगाडि बढ्दै आएको छ । दुवै देशले आपसी सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य गर्दै आएका छन् ।
यसैगरी दुवै देशले एकअर्काको सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिँदै आएका छन् । पछिल्लो ६५ वर्ष लामो आधुनिक सम्बन्धमा असल छिमेकीपनका साथ सुख–दुःखमा एकअर्काको साथमा रहँदै आएका छन् ।

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । व्यापारिक सम्बन्धतर्फ भने सन् १८५६ को थापाथली सन्धिअघि नै ल्हासामा नेपालका वकिल बस्थे । पछि चीनको स्वशासित क्षेत्रभित्र तिब्बत रहन थालेपछि सन् १९५६ देखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहेको छ ।
चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दिशामा अग्रसर छ । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीको उच्च स्तरीय भ्रमण नेपालमा भएको थियो ।

गत वर्ष उहाँहरूले नेपालको भ्रमण गर्नुहुँदा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गर्नुभएको थियो । उहाँले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने औँल्याउनु भएको थियो ।
त्यसबेला नेपाल चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको थियो । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु हुँदा बहुआयामिक विकासका रूपमा रहेको बीआरआई परियोजनाको सदस्य बनेर विकास साझेदार बन्ने बाटो खुला गरेकी थिइन् ।
सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १९ देखि २४ सम्म चीनको भ्रमण गरेकी थिइन् ।

चीनका प्रधानमन्त्री ली खच्याङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । 

सो क्रममा द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन थप पहल भयो । सोही समयमा रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता भएको थियो ।

चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्गको अध्ययन सकेर केरुङबाट काठमाडौँसम्म ८० किलोमिटर रेलमार्ग बनाउन गृहकार्य भइरहेको छ । नेपाल–चीनबीच ट्रान्स हिमालयन कनेक्टिभिटी, बीआरआई परियोजनालगायत दर्जनौँ विकास निर्माणका परियोजनामा काम भइरहेको छ । साथै भूकम्प पछिको पुनर्निर्माणमा सघाउँदै चीनले दरबार हाई स्कुल, मठमन्दिर, विमानस्थल, विभिन्न नाका निर्माण गरेर हस्तान्तरणसमेत गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार नेपालमा प्रत्यक्ष लगानीकर्ताको हिसाबले चीन पहिलो मुलुक हो । दोस्रो उच्च लगानीको साझेदार भारत, तेस्रोमा अमेरिका, चौथोमा जापान र पाँचाँैमा यूएई रहेका छन् । आयाततर्फ उच्च पाँच साझेदारमा पहिलोमा भारत र दोस्रोमा चीन पर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चादँनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू