ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष

काठमाडौं ,मंसिर १३, २०७७ ,सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा इटहरीमा आयोजित दाहाल–नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ ।

इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ ।  

भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको जानकारी सहभागी एक नेताले दिए । भेलामा ओली पक्षविरुद्ध पूर्वएमालेका नेता आक्रामक ढंगले प्रस्तुत भएका थिए । पूर्वमाओवादीका नेताहरूले भने मिल्न सकिन्छ भने त्यहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । ‘पूर्वएमालेका नेताहरू आक्रामक भएर प्रस्तुत भए र अब ओली पक्षसँग मिलेर जानै नसक्ने निष्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादी पक्षका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’  

भेलाले मोरङ जिल्लामा ओली पक्षका भन्दा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षका कार्यकर्ता बढी रहेको निष्कर्ष निकालेको छ । ‘भेलामा दाहाल–नेपाल पक्षीय नेता–कार्यकर्ताको बहुमत रहेको निष्कर्ष निकाल्यौं,’ अर्का सहभागी नेताले भने । भेलाले अब १३ गतेपछि प्रदेश १ का मन्त्री, सभासद् र स्थानीय तहका प्रतिनिधिको गुट भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ । नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले आफू जिल्ला सहइन्चार्ज महेश रेग्मी र गोपी आछामीले बोलाएकाले भेलामा गएको प्रतिक्रिया दिए । उनले भेलामा छलफल भएका केही विषयबारे खुलाउन चाहेनन् । ‘पार्टीलाई विधि र प्रक्रिया मिलाएर अघि बढाउनुपर्छ तर फुटाउनुहुँदैन भनेर सुझाव दिएँ,’ उनले भने ।

भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी आछामी, पूर्वमन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटीका ५० जनाको सहभागिता थियो । मोरङमा गुट भेला हुँदा ओली पक्षसम्म सूचना पुग्ने भएकाले इटहरीमा राखिएको बताइएको छ । रेग्मीले भने गुटगत भेला नभएर चिया गफ मात्र भएको प्रतिक्रिया दिए । यो समाचार आजको नागरिक  दैनिकमा अमर खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि