सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडौं ,मंसिर १०,अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ ।

बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ । ‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’ उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यसपटक गर्ने पनि भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको सम्बोधनको ,पूर्ण पाठको अडियो अन्नपूर्ण दैनिक र गोरखापत्र दैनिकमा साँझतिर सोझै बालुवाटारले उपलब्ध गराएको स्पष्ट भएको छ ।’

उनका अनुसार अन्नपूर्ण दैनिकले प्रधानमन्त्रीको स्वकीय सचिवालयले उपलब्ध गराएको अडियोको सम्पादित अंश भनेर उल्लेख गर्नुले पनि बैठकमा बालुवाटारले प्रविधिको चरम दुरूपयोग गरेको प्रमाणित भएको छ । उक्त घटनाले अब पार्टीको कुनैपनि बैठकमा रेकर्ड हुँदैन भन्ने कुरोको ग्यारेण्टी सकिएकाले भोलिका दिनमा कोही पनि सुरक्षित नरहने सन्देशसमेत दिएको छ । कम्युनिष्ट पार्टीको उपल्लो तहको बैठकमा बोलिएका र व्यक्त गरिएका धारणालाई रेकर्ड गरेर सम्पूर्ण आवाज आफू अनुकूलका मिडिया र व्यक्तिलाई उपलब्ध गराउने परिपाटीले समस्या झन् बल्झिने खतरा छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि