भारत अघिअघि चीन पछिपछि

भारतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउनुहुने भएका छन् भने चिनियाँ रक्षा मन्त्री वेई भने मंसिर १४ गते नेपाल आउनुहुने भएको छ । नेपाल आउन लागेका चिनियाँ नेता उच्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वेई नेपाल आउन लाग्नुभएको हो ।

उहाँको भ्रमण अवधि छोटो भए पनि नेपालका प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणका बारेमा सरकारले औपचारिक जानकारी नगराए पनि नेपाली सेनाले भ्रमणको सबै तयारी भित्रीरूपमा गरिरहेको छ । नेपाल–भारत र चीन–भारतबीच सीमा विवाद कायम रहेकै बेला दुई देशबाट हुने उच्चस्तरीय भ्रमणलाई विश्व समुदायले नै नजिकबाट हेरिरहेको विश्लेषकहरु बताउँछन् ।

चीन र भारतबीचको सीमा विवादका कारण केही भारतीय सैनिकको समेत निधन भएपछि भारत सरकारले अमेरिकासँग विभिन्न प्रकारको सहयोग आदानप्रदानका बारेमा समेत सम्झौता गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा आज आइतबार मात्रै औपचारिकरुपमा जानकारी गराउने भएको छ । मन्त्रालयले भ्रमणका बारेमा जानकारी गराएपछि चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा औपचारिकता पाउने भएको छ । चीनका वरिष्ठ सरकारी अधिकारीले नेपाल भ्रमण गराउने भएपछि भारतले पनि रक्षा मन्त्री राजनाथ सिंहलाई नेपाल पठाउने तयारी गरेको बताइएको छ ।

नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा समेत रक्षा मन्त्री वेईको सहभागिता रहने भएको छ । नेपालको विकासमा एक साझेदार रहेको चीनले सोही कार्यक्रममार्फत नेपाललाई गर्ने सहयोगको समेत घोषणा गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा