अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

कात्तिक २८, आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। 

उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो। त्यसमध्ये ४२ करोड ७८ लाख ७३ हजार रुपैयाँ परिवारका लागि क्षतिपूर्ति दाबी गरिएको छ। विगतमा समेत अस्पतालले गम्भीर लापरबाही गरेकाले त्यस्ता लापरबाही दोहोरिन नदिन दण्डबापत ५० करोड क्षतिपूर्ति दाबी गरिएको छ।

डा. सिंहकी पत्नी विना सिंहले कात्तिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी हुन्। मुद्दामा अस्पताल र त्यहाँ कार्यरत तीन चिकित्सकलाई विपक्षी बनाइएको छ। डा. सिंहको उपचारमा संलग्न विश्व तुलाचन, लक्ष्मी पाठक र डा. सन्तोष शाहलाई चिकित्सकीय लापरबाही (मेडिकल नेग्लेजेन्सी) गरेको आरोप लगाइएको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’