काठमाडौं, २०, कार्तिक । राजधानीको कमलादीमा रहेको काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टले सुचना जारी गरेको छ ।कन्सेप्ट डेभलपर्स प्रालीले भाडामा लिएको उक्त भवनमा करार सम्झौता म्याद सिद्धिएपछि पनि कन्सेप्टले नै प्रयोग गरिरहेको छ ।नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको कमलादिस्थित कित्ता नम्बर २२३५ मा ५ रोपनी क्षेत्रफलमा जग्गामा निर्मित काठमाडौं प्लाजा भवन कन्सेप्ट डेभ्लपर्स प्रा.लीले २०६६ साल पुस २३ गते भाडामा लिएको थियो । पटक पटक म्याद थपिएको भएपनि गत असार २ गते भाडा सम्झौताको म्याद सकिएको थियो ।
नेपाल ट्रष्टले घर खाली गर्न भन्दै ७ दिने म्याद दिएको छ । पूर्व राजा विरेन्द्र शाह र उनको परिवारको स्वामित्वमा रहेको सम्पत्ति राष्ट्रिय हितमा प्रयोग गर्ने भन्दै नेपाल ट्रष्टले यस्ता भवनहरु मनोमानी रुपमा भाडामा लगाउँदै आएको छ ।
काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्