बोर्डमै लेखेर भए पनि कक्षा १२ को परीक्षा लिनू 

काठमाडौं, कार्तिक १९ बुधबार , विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा भिडभाड नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गा पौडेल र मन्त्रालयका सहसचिव दीपक शर्मालगायतको बुधबार भएको बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । 

पोखरेलले इन्टरनेटमा समस्या भएमा विद्यालयले मोबाइल डाटामार्फत प्रश्न हेर्ने र बोर्डमा लेखेर परीक्षा लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

आगामी ९ मंसिरबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँचवटा केन्द्र निर्धारण गरिएको छ । कोरोना महामारीका कारण विद्यार्थीले आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दिन पाउनेछन् । 

स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमार्फत र जिल्ला विकास तथा समन्वय इकाइलाई परीक्षालाई थप व्यवस्थित बनाउन निर्देशन दिने निर्णय पनि भएको शिक्षामन्त्री पोखरेलको सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन