चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी

कात्तिक १६, काठमाडौँ –  देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।

केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।

अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ ।

कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटिलता निम्तिएर मानिसको मृत्यु भइरहेको छ । 

वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउँछन् । उनले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिन्छन् । डा. सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खतरामा छन् ।

अझ सतर्क…
त्यसमा पनि बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दम लगायतका दीर्घरोगीलाई झनै खतरा रहेको जानकारी डा. सुवेदीले दिए ।
सरुवा रोग विशेषज्ञ डा. सुवेदीले दीर्घरोगीहरूले कोरोनासँग अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरूसमेत बढी जोखिममा रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन्  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन