September 9, 2020

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

भदौ २४, काठमाडौं : चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या देखिए पछि उपचाररत उनको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको हो ।

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । “उहाँलाई एकमहिना देखि लिभरको समस्याले अलि धेरै सताएको थियो । तर उपचारकै क्रममा उहाँले हामीलाई छाडेर जानु भयो,” सन्तोषले भने । 

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए । 

कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । छेतन सन्तोष सेनसँग मिलेर ‘हु.तु.तु.’ चलचित्र निर्देशनको तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि