दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित 

corona

काठमाडौं,भदौ २४,मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित