‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन’

news_paper

 भदौ १६,  जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर।’

सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ। तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ? विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन।’

कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं। उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन्।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्पताल बेलाबखत सिल गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’