August 10, 2020

प्रधानमन्त्रीद्वारा तीन बालिकाको संरक्षकत्व ग्रहण

काठमाडौं, साउन २६: प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताएका छन् । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व प्रदान कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको स्पष्ट पारे । उनले भने, “घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य गरिने छ ।” बालबालिकालाई राज्य, समाज र परिवारले उचित अवसर दिएमा देशको भविष्य चम्काउने विश्वास समेत उनले व्यक्त गरे ।

त्यस अवसरमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावकविहीन तीन जना बालिकाको संरक्षकत्व लिएका थिए । घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गरेकी थिइन् । बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षण गहमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाइएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर