साउन २६, काठमाडौं : कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् ।
गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शनिबार ३ सय ७८ जना र हिजो आइतबार ३ सय ८० संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये हालसम्म ७५ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार ३ सय ५८, मंगलबार ६५, बुधबार १ सय ३० जना डिस्चार्ज भएका थिए । यस्तै, गत बिहीबार २ सय ३३, शुक्रबार ४ सय २५, शनिबार ४ सय ९९ र आइतबार ४० जना डिस्चार्ज भएका छन् । पर्सा, कास्की, काठमाडौं, मोरङलगायतका जिल्ला संक्रमणको दृष्टिकोणले थप जोखिममा छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर