उपत्यकामा लाइसेन्स वितरण स्थगित

smart-license

facebook sharing buttonकाठमाडौं, साउन २१ः सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ ।
काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण कार्य रोकेका हुन् ।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा वृद्धि हुँदै गर्दा सेवाग्राहीको अत्यधिक भीडका कारण हाललाई सेवा स्थगित गरिएको कार्यालयहरूले जनाएका छन् ।

चावहिलस्थित कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले अत्यधिक भीडका कारण हाललाई वितरण स्थगित गरिएको र केही दिन स्थगित गरेर व्यवस्थित गर्ने योजना भएको जानकारी दिए । ‘भीड अत्यधिक बढ्यो, हामीले सामाजिक दुरी कायम गरिदिनुस् भन्दा पनि मान्नुभएन त्यसैले केही दिन स्थगित गरेर अलिक व्यवस्थित गरौं भन्नेमा छौं,’ उनले राजधानीसँग भने ।

कार्यालय प्रमुख भट्टराईका अनुसार जोर बिजोर प्रणाली गर्ने, २ बजेपछि पनि वितरण गर्नेलगायतका विषयमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।

कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो बढ्दा संक्रमण फैलने जोखिम बढेर गएको छ । कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ । लकडाउनपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयहरूले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउन कार्यालयहरूले अनुरोध गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मदन भण्डारी फाउण्डेशन ओलीको वैचारिक यात्रासँग जोडिएको छ : ईश्वर पोखरेल

भदौ ५, २०८२, काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा

संस्था दर्ता र नियमनका लागि एकीकृत कानुनको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका

सैद्धान्तिक विचलनको सन्त्रास

 १ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने