July 7, 2020

ओली–दाहाल संवादमा नेपालको असन्तुष्टि

1569753929.oli-prachanda_dVG9B74z54

सोमबार ओली र दाहालबीच पार्टीको आन्तरिक विवादमा सहमतिको सूत्र खोज्न दुई अध्यक्षमात्र संवादमा जुट्ने सहमति भएको थियो । यसैलाई लिएर वरिष्ठ नेता नेपालको असन्तुष्टि आएको हो । ओली र दाहालबीचको भेट लगत्तै नेपाल र दाहालबीच भेटवार्ता भएको थियो ।

स्रोतका अनुसार यही भेटवार्तामा नेता नेपालले दुई अध्यक्षको सहमतिलाई लिएर असन्तुष्टि जनाएका हुन् । नेता नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षले संवाद साँघुरो बनाएकोमा असन्तुष्ट छन् ।

ओली र दाहालले आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफल गरेका थिए । पौडेल र पोखरेल ओली निकट नेता हुन् भने पुन र शर्मा दाहाल निकट मानिन्छन् ।

दुई–दुई जना निकट नेता राख्दा पनि दाहालले आफ्नो समूहका नेता नराखेकोमा नेपालको असन्तुष्टि थियो । यी चार नेतालाई सहमतिको गृहकार्य गर्ने जिम्मा दिइएको बताइए पनि पछि दाहालको सचिवालयले यस्तो नभएको दाबी गरेको थियो । त्यहीबीचमा नेकपाको सहमतिको पाँच बुँदे मस्यौदा नाम दिइएको पत्र बाहिरिएको थियो । यसलाई पनि दाहालको सचिवालयले गलत भन्दै खण्डन गरेको थियो । ,याे खबर कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन