मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले हुन अनुरोध गरेका छन् ।
सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्दछ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । देशै भर मनसुनको प्रभावका कारण मौसमी गतिविधि बढेकाले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्नसमेत मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज र भोलि प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा हुनेछ । तर पानीको सतह सतर्कता तहभन्दा तलै रहने छ । बिहीबारबाट भने कन्काई, कोशी, कमला, बागमती लगायत प्रदेश १ र २ भई बहने नदीमा बढी बहाव हुने जलविज्ञ सुनिल पोखरेलले जानकारी दिए ।
जलसतह सामान्य अवस्थाबाट सतर्कता तह नपुगे पनि सोही आसपास हुन सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपानाउनुपर्नेछ, उहाँले भन्नुभयो ।
आज भने ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोटका स्थानीय नदीमा बहाव बढ्दो क्रममा रहेको छ । त्यस्तै काठमाडौँ उपत्यका, धादिङ, चितवन, तनहुँ, कास्की, स्याङजा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्यूठान, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुरका स्थानीय नदीमा पनि बहाव बढ्दो क्रममै रहेको छ । त्यसैगरी डोटी, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्नसक्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदिन मध्यमदेखि भारी वर्षा हुने सम्भावना औँल्याएको छ । ुपूर्वदेखि पश्चिमसम्म मनसुन फैलिसकेको छ, अहिले पूर्वमा वर्षा भैरहेको छ, पश्चिममा पनि तराइक्षेत्रसम्म नै वर्षा सक्रिय बनेको छु, मौसमविद् प्रतिभा मानन्धरले भनिन्।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’